६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

१ मंसिर, काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ सालकार्तिक ३० गते स्थापनाभएको नेपाल बैंक लिमिटेड मिति २०७९ सालकार्तिक ३० गते आफ्नो ८५ औं बर्ष पुरा गरी ८६ औं बर्षमाप्रबेश गरेको छ ।

प्रधानकार्यालयको प्राङ्गणमा आयोजितवार्षिकोत्सव समारोहको प्रमुखअतिथि नेपाल राष्ट्र बैंकका गर्भनर  महाप्रसाद अधिकारी रहेका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड संचालक समितिका पूर्व डाइरेक्टर जनरल हिमालय शंसेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिब रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष श्री अनिलकुमार उपाध्याय विशेष अतिथिको रुपमा रहेका थिए भने उक्त समारोहको अध्यक्षता बैंकका संचालक समिति अध्यक्ष  गंगा प्रसाद ज्ञवालीले गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रबद्र्धनमा नेपाल बैंकको अतुलनिय भूमिका रहेको र प्रत्यकबर्ष कार्तिक ३० गतेलाई नेपालको बैंकिङ् क्षेत्रको ऐतिहासिक बैंकिङ्गदिवसको रुपमालिन सकिने विषयमा जोड दिएका थिए ।

त्यसैगरी आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि अर्थ मन्त्रालयका राजस्व सचिवश्री रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै बर्तमान सूचकहरुले बैंक निकै सबल र प्रतिस्पर्धि रहेको धारणा उल्लेख गरेका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष  अनिलकुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुंदै गएको विषय उल्लेख गर्दै बैंकले भविश्यमा अझै धेरै प्रगती गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे । बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत,बर्तमान र भविश्यको वारेमाचर्चा गर्दै नेपाल बैंकका ३ वटा नयां प्रोडक्टहरु क्रमशःअनलाइनएफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाईजेशन र डलर प्रिपेड कार्ड संचालनमाल्याएको घोषणा गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बैंकमा रहेका ट्रेड युनियनका प्रतिनिधहरुले समेत आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो वार्षिकोत्सव समारोमा बैंकले गत आ.व.माउत्कृष्ठ कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्रप्रदान गरेको थियो । त्यसैगरी बार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई समेत प्रमाण पत्रतथा मेडल प्रदानगरिएको थियो ।

बैंकले के.एल.दुगड गु्रपका अध्यक्ष किसलनलाल दुगड र द्वारीकाजहोटलका अध्यक्ष  अम्बिका श्रेष्ठलाई उत्कृष्ठ ग्राहकको रुपमा सम्मान गरेको थियो । त्यसैगरी सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथमग भर्नर तथा नेपाल बैंक लि.का वि.सं २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय सम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो ।

उद्घोषक शिवानी सिंह थापाले संचालन गरेको उक्त कार्यक्रममा ८६औं वार्षिकोत्सव मूल समारोह समितिका संयोजक प्रकाशकुमार अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । सो समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त लगायत उच्च व्यवस्थापनका सदस्यहरु, बैंकका पूर्ब अध्यक्षहरु, पूर्ब प्रमुखकार्यकारी अधिकृतहरु, पूर्ब महाप्रबन्धक तथा पूर्ब नायव महाप्रबन्धकहरु लगायतका पूर्ब कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु लगायतकोे उपस्थिती रहेको थियो ।

नेपालभर २२६शाखाहरु, १९९ एटिएम मेसिन साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामामुख्य जोड दिई युवाजन शक्ति मार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १६:०३