सेयर बजारमा हरियाली, हाइड्राेपावरमा झुम्मिए लगानीकर्ता
१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । हरियाली छाएकाे बजारमा लगानीकर्ताहरू हाइड्राेपावर झुम्मिएका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ ।
आज २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो । आज कारोबार भएका सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।
बिहीबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १४ कराेड ३९ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सिक्लेस हाइड्राेपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । बिहीबार फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १५:२२












