६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सेयर बजारमा हरियाली छाउँदा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ ।

आज २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो

बिहिबार नेप्से बढेसँगै रिडि पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १४ करोड ३९ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १० करोड २९ लाख ६३ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ९० लाख ६५ हजार रुपैयाँ र हिमालयन पावर पाट्नरको ६ करोड १३ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १५:१२