६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति व्याज ?

१ मंसिर काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज मंसिर १ गते बिहिबारदेखि विभिन्न खातामा लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । मंसिर महिनाका लागि पनि बैंकले असोज महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १३.१३३ प्रतिशतसम्म तोकेकाे छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत व्याज दिने छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.३३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०९:३२