६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

नेपाल इन्भेष्टमेन्ट बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

३० कार्तिक, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंककाे मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:१९