५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

झिनो अकंले घट्याे सेयर बजार, तारागाउँ रिजेन्सीकाे सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट

२९ कार्तिक, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन भने सेयर बजारमा गिरावट आएकाे छ । अघिल्लाे काराेबारकाे दिन साेमबार बढेकाे सेयर बजार आज फेरी ओरालो लागेको हो । याे दिन नेप्से झिनो अकंले ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको छ । आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी १० वटा उपसमूहकाे सेयर भने घटेको छ । त्यसैगरी, मंगलबार काराेबार रकममा हिमालयन डिष्टीलरीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ८ कराेड २२ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सिटिजन्स म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । यस दिन तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १५:२९