५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

किन खुला भएन खप्तड लघुवित्तकाे सेयर काराेबार ?

२९ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजबाट खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला हुन सकेन । कार्तिक २८ गते साेमबार नेप्सेमा  सिक्लेस हाइड्रोपावर र  खप्तड लघुवित्तकाे आइपीओ सूचीकृत भएको थियाे । आजबाट सिक्लेस हाइड्रोपावरकाे  सेयर कारोबार सुरू हुँदा लघुवित्तकाे सेयर काराेबार भने हुन सकेकाे छैन् ।

स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला नभएको हाे । नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। पहिलो कारोबारका लागि भने नेप्सेले लघुवित्तकाे आईपीओलाइ प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । खप्तड लघुवित्तलाई नेप्सेले केएलबीएल कारोबार संकेत प्रदान गरेको छ।

अब भोलि बुधबार प्रि–ओपसन सेसनमा लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएको खण्डमा नियमित समयका लागि कारोबारमा आउनेछ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ११:४५