५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्दै

२८ कार्तिक, काठमाडाैं ।  साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । केही दिन यता निरन्तर ओरालो लागेको सेयर बजारमा आज भने दोहोरो अकंले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ । आज २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो ।

कारोबारमा आएका कम्पनीहरु मध्ये १४८ वटा कम्पनीको सेयरमुल्य बढेको छ भने ३१ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज तारागाँउ रिजेन्सी होटलको सेयरमुल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३८३ रुपैयाँ पुगेको छ ।कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।लक्ष्मी इक्विटी फण्डको सेयरमूल्यमा आज सबैभन्दा बढी गिरावट आएकाे छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:२५