५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नेप्सेमा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

२८ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा सोमबार २ कम्पनीको साधारण सेयर आईपीओ सूचिकृत भएको छ । नेप्सेमा साेमबार खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेड र सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको हाे ।

नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। पहिलो कारोबारका लागि भने नेप्सेले लघुवित्तकाे आईपीओलाइ प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । खप्तड लघुवित्तलाई नेप्सेले केएलबीएल कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा सिक्लेस हाइड्रोपावरको १०० अंकित दरका कुल ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।  नेप्सेले सिक्लेस हाइड्रोपावरलाई ‘एसआईकेएलईएस’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १३:४६