तपाईको हितग्राही खातामा आयो त लाभांश ?
२८ कार्तिक, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सञ्चालन गरेकाे दुई वटा म्युचुअल फण्डको लाभांश इकाईधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन रहेका नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको लाभांश हितग्राही खातामा जम्मा गरेकाे हाे ।
आर्थिक वर्ष २०७८/७९ को लागि इकाईधनीहरूलाई नबिल व्यालेन्स्ड फण्ड २ ले कर समेत ७ प्रतिशत र नबिल इक्वीटी फण्डले कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेका हुन ।

यी दुबै योजनाले लाभांश प्रयोजनका लागि कार्तिक १८ गते एक दिन बुक क्लोज गरेको हुदाँ कार्तिक १७ गतेसम्म कायम इकाईधनीहरूको हितग्राही खातामै लाभांश जम्मा गरिएको हो । बुक क्लोजको अवधिसम्म आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।
साथै हालसम्म इकाई प्रमाणपत्र अभौतिकिकरण नगराएका इकाईधनीहरूले इकाई प्रमाणपत्र अभौतिकिकरण गराई हितग्राही खाता रहेको निक्षेप सदस्यकोमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता र प्यान नं. समेत अद्यावधिक गराउन हुन आग्रह गरेको छ ।
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ११:२९












