७७ करोडको मात्रै कारोबार हुँदा आइतबार यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
२७ कार्तिक,काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको छ । आज २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको हो ।
आज ७७ करोडको मात्रै कारोबार हुँदा शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ३९ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, निर्धन लघुवित्तको २ करोड ४० लाख ५२ हजार रुपैयाँ, नबिल बैंकको २ करोड ३८ लाख २५ हजार रुपैयाँ र हिमालयन पावर पाटनरको २ करोड २६ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १५:१२












