कहिलेबाट खुल्छ मर्जरमा गएका कम्पनीहरूकाे सेयर काराेबार ?
२७ कार्तिक, काठमाडाैं । यति बेला आम लगानीकर्ताहरूकाे एउटै प्रश्न रहेकाे छ मर्जरमा गएका कम्पनीहरूकाे सेयर काराेबार कहिलेबाट खुल्छ ? नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” जारी गरेसँगै आम लगानीकर्ताहरूलाइ राेक्का रहेकाे सेयर कहिलेबाट काराेबारमा आउँछ भनेर चासाे राख्नु स्वभाविक पनि हाे ।
धितोपत्र बोर्डले गत कार्तिक २४ गतेदेखि नै लागु हुनेगरी निर्देशिका जारी गरेसँगै मर्जरमा गएर राेक्का रहेकाे कम्पनीकाे सेयर कारोबार आज आइतबार सुचारु हुनुपर्ने हाे तर कारोबार फुकुवाको लागि कम्पनीले नेप्से र सिडीएसमा निवेदन दिनु पर्ने ब्यबस्था रहेकोमा आज आइतबार बिहानसम्म कुनै कम्पनीले आवेदन नदिएकोले आज कारोबार फुकुवा नहुने भएको हो ।

धितोपत्र बोर्डले जारी गरेकाे निर्देशिका अनुसार अब सुचिकृत कम्पनीहरु मर्जमा हुँदा बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का गर्न पाइने छ । त्यस्तै यस अघि नै मर्जरका कारण सेयर कारोबार रोक्का भएका कम्पनीहरुको सेयर कारोबार तत्काल सुचारु गर्नु पर्ने ब्यबस्था निर्देशिकामा उल्लेख छ ।
कारोबार फुकुवाको कम्पनीले आधारभूतसेयरधनी र साधारण सेयरधनीको सूची छुट्याएर नेप्से र सिडीएसमा आवेदन दिनु पर्ने ब्यबस्था छ । आधारभुत सेयरधनीको सेयर फ्रिज गरेपछि मात्र साधारण सेयरधनीको कारोबार फुकुवा हुने छ । आधारभूत सेयरधनीको सेयर भने रोक्का नै रहिरहने छ ।
निर्देशिका अनुसार गाभ्ने र गाभिने तथा प्राप्तिमा गएका कम्पनीहरुको सेयर कारोबार १५ दिन बढी भन्दा बढी समय रोक्का नहुने भएको छ । अब मर्जर तथा एक्विजिस पश्चात् कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ ।
प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १३:१०












