५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

अब नेप्सेको पुरानो वेबसाईट नचल्ने, आइतबारदेखि नयाँ वेबसाइट संचालन हुने

२५ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने भएको छ । नेप्सेले सूचना  जारी गर्दै हाल सञ्चालनमा रहेको वेबसाईट www.nepalstock.com लाई पुर्ण रुपमा बन्द गर्दै नयाँ वेबसाईटलाई पुर्ण रुपमा सूचारु गर्ने  जनाएको छ ।
‘हालसम्म परिक्षणका रुपमा संचालन गर्दै आएको नयाँ वेबसाईटलाई कार्तिक २७ गते आईतबारदेखि पूर्ण रुपमा सञ्जालनमा ल्याउने र अब उपरान्त नेप्सेले कुनै पनि सूचनाहरु पुरानो साइटमा अबलोड नगर्ने नेप्सेले सूचना मार्फत जनाएकाे छ ।
लगानीकर्ताहरुले अब नेप्सेको नयाँ वेबसाइट www.nepalstock.com.np बाट मात्र विभिन्न सूचना तथा जानकारीहरु हेर्न तथा प्राप्त गर्न सक्नेछन् ।
यसअघि गत कात्तिक ६ गते पनि नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको थियो। योसँगै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी अनिवार्य रुपमा लिन पनि पनि नेप्सेले आह्वान गरेको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १४:१४