५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

निरन्तर ओरालो लाग्दै सेयर बजार, कारोबार रकम पनि खुम्चिदै

२४ कार्तिक, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन पनि सेयर बजारमा गिरावट आएकाे छ । साताकाे पहिलाे काराेबारकाे दिन बढेकाे सेयर बजारमा दाेस्राे दिन देखि निरन्तर ओरालो लागेकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । आज २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३.९२ प्रतिशतले बढेर प्रतिकित्ता ३३१.५० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी शिवम् सिमेन्टकाे काराेबार भएको छ । कम्पनीकाे यस दिन १० करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ । आज अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा सबैभन्दा बढी घटेकाे छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १५:२८