४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

शिवम सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ कार्तिक, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन पनि सेयर बजारमा गिरावट आएकाे छ । साताकाे पहिलाे काराेबारकाे दिन बढेकाे सेयर बजारमा दाेस्राे दिन देखि निरन्तर ओरालो लागेकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । आज २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आएपनि आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड २२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, नेपाल रिइन्स्योरेन्सको ३ करोड ५८ लाख २६ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ३ करोड ३३ लाख ८९ हजार रुपैयाँको कारोबरा भएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १५:१९