५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२४ कार्तिक, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८८ अंकले बढेर १९१९.१० विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ६५ हजार ९२० रुपैयाँ बराबरको १०० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ११:१५