४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

चिर्खुवा हाइड्रोले आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डमा दियाे निवेदन

२४ कार्तिक, काठमाडाैं । चिर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ लाख कित्ता आईपीओ निष्कासन गर्न कार्तिक १७ गते धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे ।  कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ११:१०