सेयर बजारमा ३९.१५ अकंकाे गिरावट, १ अर्ब ४० करोडकाे काराेबार
२३ कार्तिक, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ ।
आज २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

आज अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.४२ प्रतिशतले बढेर ३ सय ९१ रूपैयाँ पुगेकाे छ ।
बुधबार नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे ६ कराेड ७८ लाख २७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । यस दिन एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १५:३६












