५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

धितोपत्र बोर्डको उप कार्यकारी निर्देशकमा घिमिरे र देवकोटाको बढुवा

२३ कार्तिक, काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे उप कार्यकारी निर्देशकमा कृष्ण प्रसाद घिमिरे र तेज प्रसाद देवकोटाकाे बढुवा भएकाे छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को व्यवस्था अनुसार बोर्डको पदपूर्ति समितिको कार्तिक २१ गतेको बैठकले बढुवाको लागि प्राप्त आवेदन मध्येबाट कार्यसम्पादन मुल्यांकनको आधारमा  घिमिरे र देवकोटालाई बढुवा गर्न सिफारिस गरेको हो।  यसअघि घिमिरे र देवकोटा कायम मुकायम उप कार्यकारी निर्देशक थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १२:३६