२.५७ अकंले घट्याे सेयर बजार, १ अर्ब ५ करोडकाे काराेबार
२२ कार्तिक, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । साताको पहिलो काराेबारकाे दिन बढेकाे सेयर बजार दोसो र तेस्रो काराेबारको दिने सामान्य अकंले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको छ । यस दिन २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ । मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ९ वटा उपसमूह घटेकाे छ ।

त्यसैगरी, मंगलबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ५७ लाख ३२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज लाइफ इन्स्याेरेन्स कर्पाेरेशनका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस दिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १५:२३












