ओरालो लागेकाे सेयर बजारमा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
२२ कार्तिक, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । साताको पहिलो काराेबारकाे दिन बढेकाे सेयर बजार दोसो र तेस्रो काराेबारको दिने सामान्य अकंले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको छ । यस दिन २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड ५७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख ५२ हजार रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ३७ लाख ८२ हजार रुपैयाँ र रिडी पावरको ४ करोड ३७ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १५:१२












