सेयर बजारमा सामान्य अंककाे गिरावट, कारोबार रकम दुई अर्ब नाघ्यो
२१ कार्तिक, काठमाडाैं । साताकाे दास्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार बढेकाे सेयर बजार आज फेरी ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ । यस दिन २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५६ कम्पनीको सेयरमूल्य बढेको छ भने १२६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । चार वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

साेमबार धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन ग्लोबल आईएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । काराेबारकाे आधारमा साेमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १५:२७












