४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

तथ्यांक प्रयोगको लागि नेप्सेले ताेक्याे नयाँ शुल्क, कुन प्रयोजनकाे कति ? (सूचीसहित)

२१ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू भएको छ । नेप्सेले आज कार्तिक २१ गते साेमबार बाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो।

नेप्सेको कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा  नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनु पर्ने छ ।

ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आथिक बर्ष २०७९/८० को लागि यो सूचना जारी भएको मितिले ३० दिनभित्र आवेदन दिन नेप्सेले अनुराेध गरेकाे छ । यस सम्बन्धि विस्तृत जानकारीका लागि  नेप्सेको प्रणाली संचालन शाखामा सम्पर्क गर्न पनि नेप्सेले आग्रह गरेको छ ।

कार्यविधिअनुसार नेप्सेको विभिन्न ४ प्रकारमा तथ्यांक उपलब्ध गराइनेछ। जसअनुसार रियल टाइम, रियल टाइम डिले डाटा, अफलाइन हिस्टोरिक डाटा र वान–टाइम इन्स्टलेसन चार्ज रहेका छन्।

यीमध्ये वान–टाइम इन्स्टलेसन चार्ज सबै प्रकारका कम्पनीका लागि २ लाख रुपैयाँ तोकिएको छ। अफलाइन हिस्टोरिक डाटा भने ६ महिनामाथि तथा सबै वर्षका लागि भने कम्पनीहरुअनुसार ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म तोकिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १३:३४