छुट्ला है ? एक कम्पनीकाे ३ लाख ५५ हजार कित्ता लिलामी सेयर भर्ने आज अन्तिम दिन
२१ कार्तिक, काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको लिलामी सेयर भर्ने आज कात्तिक २१ गते साेमबार अन्तिम दिन रहेको छ।
कम्पनीले गत कार्तिक १४ गतेबाट सर्वसाधारणतर्फबाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म मात्रै बोलपत्र पेस गर्न सकिनेछ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायाण्गढ, बागलुङ बजार, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखरा क्षेत्रीय कार्यालयबाट पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्टले जनाएको छ।
प्रकाशित मिति : November 7, 2022 at 11:43 am









