सुरूङ हेर्न पुगेका ओलीलाई एमाले धादिङको स्वागत, आधिकारिक उम्मेदवार विवाद टुंगियो (फोटोफिचर)
२० कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नागढुंगा)नौविसेको सुरूङ मार्ग निरीक्षण गर्न धादिङको झ्याप्ले खोलामा पुगेका छन । आतइबार दिउँसो ओली सुरूङको अवलोकनका लागि पुगेका हुन । देशनै सुरूङ युगमा प्रवेश गरेको घोषणा गर्दै उक्त सुरूङ मार्गको ओलीले नै प्रधानमन्त्री हुँदा शिलान्यास गरेका थिए ।
सुरूङ हेर्न पुगेका ओलीलाई धादिङका एमाले नेता कार्यकर्ताले स्वागत गरेका थिए । उक्त अवसरमा ओलीले धादिङ क्षेत्र नम्बर १ को एमालेका आधिकारिक उम्मेदवार प्रतिनिधिसभामा भूमि त्रिपाठी र प्रदेशसभा (क)मा रमेश आचार्य र प्रदेशसभा (ख)मा गजेन्द्र थपलिया रहेको बताए । उनले बागी उम्मदवारी दिएका नेत्र पौडेललाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टी काममा फर्किन निर्देशन पनि दिएको स्थानीय एमाले नेता विक्रम रानाले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : 15:38









