नेष्डो समृद्ध लघुवित्तसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
२० कार्तिक, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । गत साता घटेर बन्द भएको सेयर बजारमा आज फेरी बढेकाे हाे ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । आज २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको हो ।
आजसेयर बजारमा हरियाली छाएसँगै नेष्डो समृद्ध लघुवित्तको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पपनीको आज १० अर्ब १४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार रुपैयाँ, हिमाल दोलाखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजार र जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १५:१८












