५ चैत्र २०८२, बिहीबार | Fri Mar 20 2026

प्रि ओपन सेसनमा २.०३ अंकले बढ्यो नेप्से, ९ लाख ७१ हजारकाे काराेबार

२० कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०३ अंकले बढेर १९२४.२० विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १२ स्टकको ९ लाख ७१ हजार २६९ रुपैयाँ ५० पैसा बराबरको ५५० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार ११:०४