सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाउने आदेश
१८ कात्तिक, काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई आदेश दिएको हो । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।
एक किशोरीले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।
प्रकाशित मिति : November 4, 2022 at 2:55 pm









