२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एमालेको चुनावीसभाका लागि ओली धनगढीमा, कालापानी क्षेत्र फिर्ताबारे दार्चुलाबाटै महत्वपूर्ण घोषणा गर्ने

१७ कार्तिक, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि धनगढी पुगेका छन । भोलिदेखि सुरु हुने चुनावीसभालाई सम्बोधन गर्न दार्चुला जाने क्रममा केहीबेर अघि ओली धनगढी पुगेका हुन ।

साँझ ६।२० को श्रीएयर जहाजमा धनगढी जाने भनिएको भए पनि जहाजको समय पछि सरेकोले करिब ८।४५तिर मात्र काठमाडौ विमानस्थलबाट धनगढीका लागि जहाज उडेको थियो । अध्यक्ष ओली राति १० बजे धनगढी अवतरण गरेका छन । ओलीलाई स्वागत गर्न पार्टी सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट सहितका नेताहरु धनगढी विमानस्थल पुगेका छन । ओली  आज धनगढीको होटल रुबसमा बस्नेछन ।

अध्यक्ष ओलीले गुमेको भूमी नक्सामा समेटिएको जिल्ला दार्चुलाबाट चुनावी आमसभा सुरु गर्दैछन । भोलि नै ओलीले वैतडी र कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : 22:59