८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

२ किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्ने ९ जना पक्राउ

१७ कात्तिक, काठमाडाैं । २ जना किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्ने ९ जनालाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सबा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाइकलमा आएका १२/१३ जनाहरूको समूहले २ किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएकाे ।

बलात्कारकाे अभियोगमा पक्राउ पर्नेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर वस्ने १८ वर्षीय राहुल परियार, वर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर विक, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।

प्रकाशित मिति : November 3, 2022 at 7:04 pm