४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

ओरालो लागेकाे सेयर बजारमा बिहिबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

१७ कार्तिक, काठमाडाैं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । तिहारपछि  ३ दिन बढेकाे सेयर बजार आज फेरी ओरालो लागेको हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको छ । आज २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको हो । बिहिबार एभरेष्ट बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ४ करोड ३ लाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, गरिमा विकास बैंकको संस्थापक शेयरको ३ करोड ६० लाख १८ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४५ लाख ४० हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड १७ लाख १६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १५:१७