बुधबार शिवम् सिमेन्टसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
१६ कार्तिक, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि सेयर बजार झिनो अंकले बढेकाे छ । तिहारपछिकाे तेस्राे काराेबारकाे दिने पनि बढेकाे सेयर बजारले लगानीकताहरूमा थाेरै आशा जागेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले बढेर एक हजार ९ सय ३८ दशमलब ३० विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा सामान्य सुधार देखिएसँगै बुधबार कारोबार पनि बढेकाे छ । आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ७ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।
त्यस्तै, नबिल बैंकको ५ करोड ६६ लाख, रिडी हाइड्रोपावरको ५ करोड १९ लाख, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १५:१५













