५६.११ अकंले बढ्याे सेयर बजार, कारोबार रकममा पनि सुधार
१५ कार्तिक, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाँएकाे छ । निरन्तर बजार घटेर निराश भएका लगानीकर्ताहरूलाइ तिहारसँगै उत्साहित बनाएकाे छ । साेमबारबाट काराेबार सुरू भएकाे बजारमा दाेस्राे दिनपनि बजार बढेकाे छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.११ अकंले बढेर १९३०.९९ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको थियो ।
आज २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमूल्यमा उच्च अंकले बढेकाे छ । आज न्यादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८८.२० रुपैयाँ पुगेको छ युनिर्भसल पावर कम्पनीको ९ प्रतिशतले बढेर प्रतिकित्ता २१८ रुपैयाँ पुगेको छ । काराेबारकाे आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ ।
यसको आज ६ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ । आज एनसीसी डिभेन्चर सिटिजन म्युचुअल फण्ड –१ काे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १५:३०













