५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

मंगलबार एनआईसी एशिया बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१५ कार्तिक, काठमाडौं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाँएकाे छ । निरन्तर बजार घटेर निराश भएका लगानीकर्ताहरूलाइ तिहारसँगै उत्साहित बनाएकाे छ । साेमबारबाट काराेबार सुरू भएकाे बजारमा दाेस्राे दिनपनि बजार बढेकाे छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.११ अकंले बढेर १९३०.९९ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको थियो ।

आज २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । आज एनआईसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ६ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ५ करोड ९२ लाख ७० हजार रुपैयाँ, शिवम सिमेन्टको ५ करोड १७ लाख ८४ हजार रुपैयाँ, रिडि पावरको ५ करोड ३९ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४ करोड ६८ लाख ५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १५:२१