धिताेपत्र बाेर्डले राेक्याे नयाँ लाइसेन्स बाँडने सबै प्रकृया
१५ कार्तिक, काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नयाँ लाइसेन्सकाे सबै प्रकृया तत्कालका लागि स्थगित गरेको छ । बोर्डले ब्रोकर लाईसेन्स, कमोडिटी एक्सचेञ्जकाे लाईसेन्स र नयाँ स्टक एक्सचेन्जको लाईसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको हाे ।
कात्तिक ४ गते सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट असोज २ मा प्रकाशित सूचना बमोजिमका आवेदन लिने लगायतका थप काम कारबाहीहरु बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितीमा राख्ने निर्णय भएको बाेर्डले जनाएकाे छ ।
अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने बोर्डले जनाएकाे छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १२:१३













