प्रि ओपन सेसनमा १.८९ अंकले बढ्यो नेप्से
१४ कार्तिक, काठमाडाैं । तिहारपछिको साताकाे पहिलो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात असोज ६ गते, आइतबार, १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८९ अंकले बढेर १८६०.३८ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा १९ स्टकको ८ लाख ४१ हजार २६७ रुपैयाँ बराबरको १ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ११:०८













