१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

११ कार्तिक, काठमाडाैं । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो ।

नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत रहेका थिए ।

वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएकाे छ  ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार ११:२४