१४.३५ अकंले बढ्यो सेयर बजार, ५१ करोड ६८ लाखकाे काराेबार
६ कार्तिक, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेकाे छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको छ । आज नेप्सेमा सुधार आएपनि काराेबारमा भने खासै सुधार देखिएको छैन ।
आज २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । भने रु रु जलविद्युत्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ । काराेबारकाे हिसाबले आज एभरेष्ट बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज सिटिजन म्युचुलअल फण्ड २ को सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १५:२९












