भोलिबाट यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्दै
६ कार्तिक, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले भोलि अर्थात कार्तिक ७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाे छ । यी दुवै कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरी कार्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी कम्पनीले अब सानिमा जनरल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू गर्ने छ । दुवै कम्पनीलाई बीमा समितिले असोज १४ गते एकीकृत कारोबार गर्न स्वीकृति दिएकाे थियाे भने कम्पनी रजिष्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १४:२८