२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

म्यारियन काउन्सिलले नेपाली महिलाका लागि सूचना मुलक कार्यक्रम गर्ने


२८ असोज, एडिलेड । साउथ अष्ट्रेलियाको म्यारियन काउन्सिलले नेपाली महिलाहरुको लागि अक्टोवर २० मा सूचना मुलक कार्यक्रम आयोजना गर्ने भएको छ । काउन्सिलले नेपाली महिलाहरुका लागि रोजगारी, तालिम, सीप, र शिक्षा सम्वन्धी जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको नेपाली समाजिक अभियन्ता सन्तोषी गौतमले बताइन ।

उनले नेपाली समुदाय यहाका स्थानिय काउन्सिल तथा सरकारहरुबाट दिइने सुविधा तथा अबसरहरुका वारेमा सुचना र पहुचबाट टाढा भएकाले यस पटक महिलाहरुका लागि काउन्सिलबाट कार्यक्रम हुन लागेको बताइन । कार्यक्रममा सुविधा तथा अवसरहरुका वारेमा छलफल तथा विचारको आदान प्रदान समेत हुने जनाइएको छ । स्थानिय मिचेल पार्क कम्युनिटी सेन्टरमा विहान १० देखी १२.३० बजे सम्म आयोजना हुने भएको छ ।

सहभागीताका लागि रजिस्ट्रेशन अनिवार्य रहेको छ जसका लागि र थप जानकारीका तलको लिङ्कमा जान सकिने छ ।

https://www.eventbrite.com.au/e/nepali-community-womens-meeting-tickets-423816124437?fbclid=IwAR0FNoV7s5B8cyvszh0Vn7NkYQxPb32T04M8XYSUHnhEcddNi0LNIxCSg_Q

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १२:२९

https://srdb.com.np/