२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

त्रिशूली वाङ्मय प्रतिष्ठानको शारदीय काव्य उत्सव, ३८ जनाले रचना प्रस्तुत गरे

१० असोज, काठमाडाैँ । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ भएको शारदीय काव्य उत्सवमा कविहरुले दशैँ मनाउनुपर्दाको पीडा, नारी अस्मितामा परेको सङ्कट, देशप्रेम, मातृप्रेम तथा राजनीतिक विकृति र भ्रष्टाचार–गुण्डागर्दीबारे आआफ्ना कविता सुनाए । कार्यक्रममा ३८ जना रचनाकारले कविता, गीत, गजल प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा प्राज्ञ लक्ष्मी माली, प्रा डा शैलेन्दुप्रकाश नेपाल, कवि बाबा बस्नेत, प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, उपाध्यक्ष राजेन्द्रमान डङ्गोल, कावा महासचिव राजेन्द्र घिमिरे सागर, सल्लाहकार श्रीहरि फुयाँल र लक्ष्मी रुम्बाले कविहरुले समाजका विकृति उजागर गर्दै रूपान्तरणका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०६६ मा स्थापित संस्थाले पर्यटनसँग साहित्य जोड्न भ्रमण, पुस्तक प्रकाशन, त्रिशूली त्रिवेणी पत्रिका प्रकाशन, पुस्तकहरुको चर्चा, प्रत्यक्ष र भर्चुअल कविता गोष्ठी लगायतका कार्य गर्दै आइरहेको छ ।

कार्यक्रममा सुशीलसिंह ठकुरी, श्याम रिमाल, गोविन्द नेपाल, रविना घिमिरे जिज्ञासु, मनोज न्यौपाने, बासुदेव गुरागार्इँ, वसन्त ओली वसन्त, शारदा रसाइली, डा शेखरकुमार श्रेष्ठ, शिवप्रसाद आचार्य, होमशङ्खर बास्तोला, उमेश पाण्डे, आस्था निरौला, प्रज्वल अधिकारी, धर्तीचन्द्र यात्रीलगायतले आआफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : September 26, 2022 at 11:01 pm