४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

७२ वर्षको उमेरमा नागरिकता बनाउन गएकी वृद्धा जिल्ला प्रशासनबाटै वेपत्ता

२५ भदाै, काठमाडाैँ । ७२ वर्षको उमेरमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धुनषा गएकी एक वृद्धा वेपत्ता भएकी छिन । नागरिकता बनाउन गएकी वृद्धा प्रशासनको प्रांगणबाटै वेपत्ता भएको परिवारले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको सबैला नगरपालिका –१२, रघुनाथपुर टोकी बस्ने ७२ वर्षकी रामसखी देवी जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट हराएकी हुन ।

नागरिकताको प्रतिलिपि बनाउन आइतबार जिल्ला प्रशासन कार्यालय पुगेकी उनी दिउँसो १२ बजे हराएकी हुन । परिवारले खोजेर न भेटेपछि प्रहरीमा जाहेरी दिएको छ ।

वृद्धाको कान्छा छोरा जोगी मुखियाले आमा हराएको विषयमा प्रहरीमा समेत जानकारी दिएको बताए । रामसखीको खोजी भैरहेको प्रहरीले जनाएको छ । आमा जिल्ला प्रशासनबाटै हराएपछि घरपरिवार चिन्तामा डुबेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १४:४१