४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अदालतमा हुने सबैखाले भ्रष्टाचार राेक्छुः प्रस्तावित प्रधानन्यायाधीश मिश्र

२५ भदाै, काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा हुने सबैखाले भ्रष्टाचार राेक्ने बताएका छन् । संसदीय सुनुवाइ विशेष समितिको सोमबारको बैठकमा बोल्दै मिश्रले आफ्नो छोटो कार्यकालमा न्यायालयको साख अभिवृद्धि गर्ने लक्ष्य रहेको समेत बताएका हुन् ।

अाफु अदालतमा लामाे समय नरहेपनि अदालतप्रति जनविश्वास अभिवृद्धि गर्न भ्रष्टाचार रोक्ने  प्रतिबद्धता जाहेर गरे । आफूले १७ हजारभन्दा बढी मुद्दाको फैसला गरेको भन्दै उनले आफूले महत्त्वपूर्ण फैसलाहरूबारे पनि उल्लेख गरे । आमाको नामबाट नागरिकता, होर्डिङ बोर्ड हटाउने लगायतका फैसला आफ्नो कार्यकालका महत्त्वपूर्ण फैसला भएको उनको भनाइ छ ।

संवैधानकि परिषद्ले सिफारिस गरेका मिश्रको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएमा राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् । प्रधानन्यायाधीश भएमा मिश्र आगामी पुस १८ सम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १२:०४