१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

दशैंमा सर्लाहीको कालिन्जोरमा भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने

३ असाेज, सर्लाही । बडा दशैंको अवसर पारेर यही असोज १३ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशको मुटु मानिने ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२ कालिन्जोर, सर्लाहीमा ‘प्रथम मधेश प्रदेश खुल्ला भलिवल प्रतियोगिता २०७९’ आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा मधेश प्रदेशभरीबाट खेलाडी टिमले सहभागिता जनाउन पाउनेछन् ।

भलिवल प्रतियोगितामा विजेता हुने टिमलाई नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिने आयोजक कमिटी कालिन्जोर यूवा समुहले जानकारी गराएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने बताइएको छ । प्रतियोगिताको दौरानमा विभिन्न सांस्कृति कार्यक्रम, भेषभुषा प्रदर्शनीका साथै फूड फेस्टिभल पनि हुनेछ ।

भलिवल प्रतियोगिता आयोजना गर्नुको उद्देश्य देश तथा विदेशमा कालिन्जोरमा रहेको पर्यटकीय गन्तव्यको प्रचार गर्नु रहेको स्थानीय शिक्षक भीम खड्काले जानकारी दिए । कालिन्जोर १२ मा मधेश प्रदेशकै सबैभन्दा अग्लो चुचुरो रहेको छ, जसलाई राजारानी डाँडा भन्ने गरिन्छ । भलिवल प्रतियोगितासहितको सांस्कृति कार्यक्रम कालिन्जोरको वडा कार्यालयको खेल मैदानमा हुनेछ ।

प्रकाशित मिति : September 19, 2022 at 12:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/