२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

एन्काको भेटघाट तथा वार्विक्यु

२७ भदाै, एडिलेड । नेप्लिज एडिलेड क्रिकेट एशोशियसन(एन्का)को आयोजनामा भेटघाट तथा वार्विक्यु सम्पन्न भएको छ । साधारण सभाबाट नव निर्वाचित टिमको परिचय सहित सिजनको शुरुवातको सन्दर्भमा स्थानिय अक्ल्याण्ड रिजर्भमा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पुन निर्वाचित अध्यक्ष विजय जोशीले एन्काको साधारण सभाबाट निर्वाचित समितिका पदाधिकारी सदस्य तथा भर्खरै नियुक्त सल्लाहकारहरुको परिचय गराएका थिए । भने कार्यक्रममा भिएक्सएल टिटान्सका म्यानेजर कृष्ण गौतम, माभेन स्ट्राइकर्स क्रिकेट क्लवका उपकप्तान मनीष खकुरेल, हिमालयन वारियर्स क्रिकेट क्लवका अध्यक्ष सुमन भेटाल

साउथ नाइट्स क्रिकेट क्लवका कप्तान सागर राज कँडेल, रेड राइनोज क्रिकेट क्लवका सल्लाहकार सञ्जित बुढाथोकी एभरेष्ट वारियर्स क्रिकेट क्लवका कप्तान दिनेश रोयलसन ढकाल, एन्का सनसाइन खेलाडी श्रीजा कँडेल, एएनसीए जेम्सका मुख्य प्रशिक्षक श्रीधर वाग्लेले गत सिजनका खेलको समिक्षा गर्दै यस सिजनमा खेलाडीहरुलाइ शुभकामना व्यक्त गरेका थिए ।

एन्का सल्लाहकार नियुक्त

अध्यक्ष जोशीले एन्काको गतिविधी बढे संगै टिम समेत ठुलो बनाउनु परेकाले नव निर्वाचित समितिले २०२२-२०२४ का लागी सल्लाहकारहरु नियुक्त गरेको बताए | सल्लाहकारहरुमा रूपक बर्तौला, लुके जोह्न्स्तोन्, थिर गुरुङ, हेम श्रेष्ठ, भरत तिमिल्सिना, सुमन भेटाल, बिकाश सुबेदी, लक्ष्मी सापकोटा, दिपेन न्यौपाने रहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १७:१४