२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै पिपुल्स हाइड्रोपावर

२३ भदाै, काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

जसमा आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका वडा नं ६ र ७ का बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्तामा लमजुङ जिल्लाभर बासिन्दाहरुले खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा निष्कासन बन्द असोज ३० गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ११:१९