१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

विदुर खानेपानीमा ७४७ मत गन्दा एमालेको प्यानल नै दोब्बर मतले अगाडी (मतसहित)

२३ भदौ, नुवाकोट । विदुर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनको मतगणना जारी छ । गएरातिदेखि जारी मतगणनामा अहिलेसम्म ७४७ मत गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा नेकपा एमालेका सञ्जिवबहादुर श्रेष्ठको प्यानल नै दोब्बर मतले अघि रहेको छ ।

उपाध्यक्षमा केही प्रतिस्पर्धा देखिए पनि अन्य पदमा दोब्बर बढीको अग्रता एमालेका उम्मेदवारहरूले लिएका छन । खानेपानीको चुनावमा सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकै प्यानल बनाएर मैदानमा उत्रिएका थिए ।

जारी मतगणनामा एमालेका सञ्जिवबहादुर श्रेष्ठले ४६४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका छत्रराज डंगोलले २४८ मत प्राप्त गरेका छन । सचिवमा एमालेका राजेन्द्र पाण्डेले ४७५ मत प्राप्त गरेका छन भने गठबन्धनका नरेशबहादुर डंगोलले २२७ मत प्राप्त गरेका छन । सम्पूर्ण उम्मेदवारहरूले प्राप्त गरेको मत परिणाम तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ०७:५४