१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौं महानगर

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले इन्द्रजात्रा काठमाडौंमा मात्र सीमित नगराएर अन्न्तर्राष्ट्रियस्तरमै चिनाउन खोजिएको बताए । यसका लागि विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको महानगर प्रवक्ता तथा काठमाडौं वडा १७ का वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए ।

‘यस वर्ष हामीले इन्द्रजात्रा अवलोकनका लागि देशी विदेशी पाहुनालाई बोलाएको छौँ,’ उनले भने, ‘कूटनीतिक नियमानुसार संघीय सरकारमार्फत विदेशी पाहुनालाई बोलाएका छौँ ।’ यस वर्षको इन्द्रजात्रा आउँदो शुक्रबार रहेको छ । तर, इन्द्रजात्राको सुरुवात भने भइसकेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १३:१३