१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

काठमाडौँसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

२२ भदाै, काठमाडाैं । सरकारले निर्वाचनको सम्मुखमा काठमाडौं र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्याय पठाएको छ । उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी थिए ।

काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा सरूवा भएका छन । गृह मन्त्रालयका अनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुरको जिम्मेवारी दिइएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोगनबहादुर हमाललाई दिइएको छ । दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै जुम्लाको  प्रजिअको जिम्मेवारी मुकेशकुमार केसरीलाइ दिइएको छ । जुम्लामा रहेकी विजयाकुमारी प्रसाईँ मन्त्रालयमा सरूवा भएकी छिन ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमराको जिम्मेवारी दिइएको छ । पाँचथरको प्रजिअको जिम्मेवारी गणेश गैरेलाई दिइएको छ ।

नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, जनार्दन गौतमलाई उदयपुरको प्रजिअमा र वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १४:०४