१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध किशोरी बलात्कारको उजुरी

२२ भदाै, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेमाथि किशोरी बलात्कारको उजुरी परेको छ । काठमाडाैँ प्रहरी परिसर टेकुले लामिछानेविरूद्धको बलात्कारको उजुरी प्रहरी वृत गाैशलामा दर्ता भएको र थप अनुसन्धान भैरहेको जनाएको छ ।

भदाै ५ गते काठमाडाैँको एक होटलमा ती किशोरीमाथि लामिछानेले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरीमा भदाै १ गते दुबै जना नगरकोट घुम्न गएको पनि उल्लेख गरिएको छ । पीडित बालिका १७ वर्षको रहेकी छिन । पीडितको स्वास्थ्य जाँच भएको र प्रहरीको संरक्षणमा राखिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:१४